Logo

माओवादी नेता पुन पाँच महिनापछि आज चार्टर्ड उडानमार्फत स्वदेश फर्किंदै



काठमाडौं, माघ १० । जण्डिसको उपचारका लागि चीन पुगेका नेकपा (माओवादी केन्द्र)का वर्षमान पुन ‘अनन्त’ चार्टर्ड उडानमार्फत आज नेपाल फर्कदैछन् ।

नेपालबाट जण्डिसको उपचार गराउन पाँच महिना अघि बैंकक उडेका पुन थप उपचारको लागि चीन पुगेका थिए । बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराएर पुन त्यतैबाट चीन पुगेका थिए ।

चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार गराएका पुन पूर्णस्वास्थ्यलाभ गरी आज स्वदेश फर्किन लागेका हुन् ।

पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ आज बेलुका उनी नेपाल आईपुग्ने जनाईएको छ । गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक गएका पुन त्यतैबाट मंसिर १० गती चीन पुगेका थिए



प्रतिक्रिया दिनुहोस्