Logo

निर्वाचनको विषयमा रमेश बडाल र खिमलाल देवकोटाबीच चर्काचर्की (भिडिओसहित)



काठमाडौं, १० माघ । निर्वाचनको विषयमा पूर्व महान्यायाधिवक्ता एवम् नेकपा (एमाले) का नेता रमेश बडाल र नेकपा (माओवादी केन्द्र) का नेता तथा अधिवक्ता खिमलाल देवकोटाबीच मत बाझिएको छ । बडालले माओवादी निर्वाचनबाट भाग्न खोजेको गम्भीर आरोप लगाए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । बडालले आफूहरु अर्ली निर्वाचनको पक्षमा रहेको सुनाए । उनले सरकारले निर्वाचन टार्न खोजेको आरोप लगाए । बडालले गठबन्धनले बैशाखमा निर्वाचन गराई कर्मचारीबाट स्थानीय तह चलाउन खोजेको दाबी गरे ।

उता, नेता देवकोटाले भने सरकार निर्वाचन टार्ने पक्षमा नरहेको जिकिर गरे । आफूहरु त निर्वाचनको पक्षमा उभिएको र त्यसको तयारीमा जुटेको उनको भनाई छ । तर, एमालेले नै कर्मचारीबाट स्थानीय तह चलाएको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्