Logo

शंकर पोखरेलको टिप्पणी : आज पुनः देउवालाई मोहरा बनाईँदैछ



काठमाडौं, १० माघ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई २०५८ सालमा मोहरा बनाईएझैं पुनः मोहरा बनाउन खोजिएको टिप्पणी गरेका छन् ।

पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् । उनले देउवालाई हिजो ज्ञानेन्द्र शाहले उचालेको र आज प्रचण्डले उचालेको पनि उल्लेख गरेका छन् ।

पछिल्लो समय स्थानीय तहको निर्वाचनभन्दा अघि नै संघीय संसद्को निर्वाचन गर्नुपर्ने वा तीनै तहको निर्वाचन मंसिरपछि गर्नुपर्ने भन्दै प्रचण्डले प्रस्ताव अघि सारेका छन् । प्रचण्डकै प्रस्तावमा अहिले सत्ता गठबन्धनमा आवद्ध दलहरुले छलफल गरिरहेका छन् ।

उनीहरु स्थानीय तहको निर्वाचन सार्ने निर्णयमा पुगिसकेको समाचार बाहिरिएका छन् । यसको लागि बरु स्थानीय तह निर्वाचन ऐन संशोधन गर्नेगरि उनीहरुले कानूनी परामर्श थालेका छन् । यही सन्दर्भमा नेता पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।

उनले फेशुबकमा लेखेका छन्-“हिजो देउवा चुनाववाट भाग्न खोज्दा ०५८ साले प्रतिगमन भाथ्यो । आज पुनः देउवालाई मोहरा बनाइदैछ । हिजो उचाल्ने ज्ञानेन्द्र,आज प्रचण्ड।”



प्रतिक्रिया दिनुहोस्