Logo

डोटीमा घोप्टो अवस्थामा युवतीको शव फेला



डोटी, १० माघ । डोटीमा एक युवतीको शव फेला परेको छ । केआईसिंह गाउँपालिका–६ सलेना घर भएका खेम भाटको छोरी हरिना भाट मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

युवतीको शव बाटोभन्दा करिब ५ मिटर तल घोप्टो अवस्थामा घरबाट ८/९ सय मिटर टाढा रउताने खोलामा भेटिएको हो ।

उनको लडेर नभई हत्या गरिएको आफन्तले आशङ्का गरेका छन्। सलेनाले एक महिना अगाडि मात्रै प्रेम विवाह गरेकी थिइन् । ४ दिन अगाडीमात्रै उनी माइती घर आएको जनाईको छ ।



प्रतिक्रिया दिनुहोस्