Logo

मन्त्रिपरिषद बैठक ३ बजे, निर्वाचनबारे छलफल गरिने



काठमाडौं, १० माघ । मन्त्रिपरिषद्को बैठक बस्दैछ । नियमित बैठक भएपनि आजको बैठकमा निर्वाचनबारे पनि छलफल गरिने एक मन्त्रीले जानकारी दिए । बैठक अपरान्ह ३ बजे बस्ने भएको छ ।

यसको अलावा कोभिड १९ को रोकथाम तथा नियन्त्रणको लागि पनि आवश्यक कदम चाल्नेबारे पनि निर्णय गरिने बुझिएको छ। सरकारले पछिल्लो समय खोप अभियानलाई तिव्रता दिएको छ ।

संक्रमणको दर बढिरहेकोले स्मार्ट लकडाउनको अवधारणा अघि सारेको छ । अहिले यातायातका साधनमा जोर विजोर प्रणाली लागु गरेको छ ।



प्रतिक्रिया दिनुहोस्