Logo

पाकिस्तानी सर्वोच्च अदालतमा पहिलो पटक महिला न्यायाधीश



एजेन्सी, १० माघ। पाकिस्तानको सर्वोच्च अदालतमा पहिलो पटक महिला न्यायाधीश नियुक्त भएकी छिन् । न्यायाधीश आयसा मलिकले आज (सोमबार) सर्वोच्च आदलतको न्यायाधीशको सपथ लिएकी हुन् ।

बिहीबार पाकिस्तानको न्याय सेवा आयोग (जेसीपी) ले मलिकलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो । आयोगका पाँच सदस्यमध्ये चार जनाले उनको पक्षमा मतदान गरेका थिए । सर्वोच्चका प्रधान न्यायाधीश गुल्झर अहमेदले सोमबार नै मलिकलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् । सर्वोच्चका १७ न्यायाधीशमध्ये अगस्टमा एक जना न्यायाधीशले सेवानिवृत्त पाएपछि एउटा सिट रिक्त थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot