Logo

विश्वका १ सय ७१ देशमा फैलियो काेराेनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’



एजेन्सी, १० माघ। विश्वका १ सय ७१ देशमा काेराेना भाइरसकाे नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिएकाे पाइएकाे छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले याे भेरियन्ट अझै पनि तीव्र गतिमा फैलिने क्रममा रहेकाे जनाएकाे हाे ।

यस्तै, यसअघि कोरोना भाइरसको सङ्क्रमण भएकाहरुलाई पनि ओमिक्रोन भेरियन्टकोे सङ्क्रमण भएको पाइएको छ ।डब्ल्यूएचओको नयाँ रिपोर्टअनुसार यसअघि सङ्क्रमित भइसकेकाहरुलाई ओमिक्रोनको पनि सङ्क्रमण भएको पाइएको हो ।

ओमिक्रोनबाट गम्भीर बिरामी हुने खतरा कम भए पनि रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुलाई भने यसको नराम्रो असर पर्ने र ज्यान समेत जान सक्ने खतरा रहेको डब्ल्यूएचओले जनाएको छ ।

यसैबीच, सङ्क्रमण फैलिँदै गएपछि चीनको फेङ्गताइ जिल्लामा सिल गरिएको छ। यो जिल्लालाई अत्यधिक जोखिमयुक्त क्षेत्र घोषणा गरिएको छ । २० लाख जनसङ्ख्या रहेको यो जिल्लाका जोखिमयुक्त क्षेत्रका बासिन्दालाई जिल्ला बाहिर निस्कन रोक लगाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्