Logo

आदित्यनारायण झा बाबु बन्दै



एजेन्सी, १० माघ । गायक आदित्यनारायण झा बाबु बन्ने भएका छन् । उनले सोमबार आफू बाबु बन्न लागेको खुलाएका हुन् ।

आदित्यकी पत्नी श्वेता अग्रवाल गर्भवती भएकी छिन् । उनले अग्रवाल गर्भवती भएको फोटो पोष्ट गर्दै पहिलो बच्चालाई चाँडै स्वागत गर्न लागेको खुलाएका हुन् ।

आदित्यले श्वेतालाई अंगालो मारेको तस्बिर सार्वजनिक गरेका छन् । तस्बिरमा आदित्य र स्वेता दुवै खुशी छन् ।

लोकप्रीय गायक उदितनारायण झा र दिपा झाका एकमात्र सन्तान आदित्यले श्वेता अग्रवालसँग सन् २०२० मा विवाह गरेका थिए । यो जोडीलाई सिने क्षेत्रको चर्चित जोडी मानिन्छ ।



प्रतिक्रिया दिनुहोस्