Logo

नेप्सेमा आज १०० अंकको पहिरो, ८ अर्बको कारोबार



काठमाडौं, १० माघ । शेयर बजारमा आज उच्च अंकको पहिरो गएको छ । नेप्से परिसुचक आज १०० दशमलव १० अंकले घटेर २८ सय २० दशमलव ४१ विन्दुमा थामिएको हो ।

शेयर बजार सुचक सेन्सेटिभ इन्डेक्स पनि आज १८ दशमलव २० अंकले घटेर ५२५ दशमलव ९० विन्दुमा रोकिएको छ ।

सोमबार २२८ कम्पनीका ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १७८ रुपैयाँ बराबरको १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता शेयर खरिद विक्रि भएको हो । आज सबै नेप्से सुचक राताम्मै छन् ।



प्रतिक्रिया दिनुहोस्