Logo

पाकिस्तानी क्रिकेट बाबर आजम बने ‘ओडिआई क्रिकेटर अफ दि इयर’



एजेन्सी, १० माघ। पाकिस्तानी क्रिकेट टोलीका कप्तान २७ वर्षीय बाबर आजम आईसीसी ‘ओडिआई क्रिकेटर अफ दि इयर’ बनेका छन् । उनलाई ‘ओडिआई क्रिकेटर अफ दि इयर’ आज सोमबार घोषित गरिएको हो । सन् २०२१ मा मात्र ६ एकदिवसीय खेल खेलेका आजमले ६७ दशमलब ५० को औसतमा ४०५ रन बनाएका थिए ।गत वर्ष दक्षिण अफ्रिकाविरुद्धको शृंखला २-१ ले जित्दा दुवै खेलमा ‘म्यान अफ दि म्याच’ चुनिएका आजम शृंखलाको दोस्रो उच्च रनकर्ता बनेका थिए । उनले २२८ रन बनाएका थिए ।

यस्तै इङ्ल्यान्डविरुद्धको शृंखला ३-० ले गुमाउँदा पनि आजमले १७७ रन बनाएका थिए । यसअघि आजमकै ओपनर जोडी मोहम्मद रिजवान आईसीसी ‘टी-२० क्रिकेटर अफ दि इयर’ घोषित भएका थिए ।

यस्तै, आइसीसी टेस्ट क्रिकेटर अफ दी इयर इङ्ल्यान्डका जो रुट बनेका छन् भने टि ट्वान्टी क्रिकेटर अफ दी इयर पाकिस्तानका क्रिकेटर मोहम्मद रिजवानले हात पारेका छन् ।यस्तै, आईसीसी टी-२० विश्वकपको फाइनलमा ‘अम्पायरिङ’ गरेका माराइस एरास्मस आइसीसी ‘अम्पायर अफ दि इयर’ घोषित भएका छन् । उनी यसअघि सन् २०१६ र २०१७ वर्षको उत्कृष्ट अम्पायर बनेका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्