Logo

अमेरिकापछि बेलायतले पनि दूतावासका कर्मचारीलाई युक्रेनबाट फिर्ता बोलायो



एजेन्सी, १० माघ। अमेरिकापछि बेलायतले पनि युक्रेनस्थित दूतावासमा रहेका कर्मचारी फिर्ता बोलाउन थालेको खबर आएको छ। बेलायती कुटनीतिज्ञ असुरक्षित नरहे पनि दूतावासमा कार्यरत आधा कर्मचारीलाई फिर्ता बोलाउन लागेको बीबीसीले उल्लेख गरेको हो।

कुनै पनि समय रुसी सेनाले युक्रेनमाथि आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले पनि दूतावासका कर्मचारीका आफन्तलाई युक्रेन छाड्न निर्देशन दिइसकेको छ। सोहि कारण देखाई बेलायतले पनि दूतावासका कर्मचारीलाई युक्रेनबाट फिर्ता बोलाएको हो।

रुसले बारम्बार सैनिक हस्तक्षेपको विषयलाई नकार्दै आएको छ। तर, दशौं हजार रुसी सेना सीमामा तैनाथ गरिएको छ।दूतावासहरुले सम्भावित जोखिमबाट बच्नका लागि यस्तो कदम चालेको हो। युक्रेनमाथि रुसले हमला गरे यसको परिणाम भोग्नु पर्ने बेलायतका मन्त्रीले जनाईसकका छन्। रुसले त्यहाँ आफु अनुकुलको सरकार बनाउन लागेको अमेरिकाले आरोप लगाएको छ।

अमेरिकी चेतावनीले युक्रेनको विषयमा थप कुटनीति क्षति बेहोर्नपर्ने अवस्था निम्तिन सक्ने पनि बताइएको छ। उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)ले पनि युरोपमा नयाँ द्वन्द्वको स्थिति रहेको जनाएको छ। रसियाले १ लाख सैनिक ट्रुप युक्रेन सीमामा तैनाथ गरेको आधारमा नाटोले यस्तो धारणा सार्वजनिक गरेको हो।-Photo: Agency

 

‘दूतावास कर्मचारीका परिवारलाई युक्रेन छोड्न अमेरिकाको निर्देशन’



प्रतिक्रिया दिनुहोस्