Logo

वाणिज्य बैंकहरुले गरे ३३ अर्ब नाफा, कुन बैंकको कति ?



काठमाडौं, १० माघ । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छन् । ६ महिनामा २६ वाणिज्य बैंकहरुले ३३ अर्ब ४४ करोड ४५ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।

गत वर्ष सोही अवधिमा २७ वाणिज्य बैंकहरुले ३० अर्ब ५० करोड ८१ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । यो वर्ष गत वर्षको तुलनामा २ अर्ब ९३ करोड ६४ लाख १२ हजार रुपैयाँले नाफा आर्जन गरेका हुन् । चालु आवमा ८.७८ प्रतिशत बढी हो ।

 



प्रतिक्रिया दिनुहोस्