Logo

महासचिवको दाबेदार हुँः वर्षमान पुन



काठमाडौं, १० माघ । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले आफू पार्टीको महासचिवको दाबेदार रहेको बताएका छन् । चीनबाट स्वास्थ्योपचार गरी आज साँझ फर्किएका पुनले आफू चुनाव भएपनि महासचिवमा प्रतिष्पर्धा गर्ने बताए ।

‘म स्वभाविक रुपमा काम र अनुभवका हिसाबले महासचिवको दाबी गर्छु,’ पत्रकारको प्रश्नमा पुनले भने, ‘चुनाव भए प्रतिष्पर्धा गर्न मैंले पनि पाउनुपर्छ ।’

पुनले सहमतिबाटै पदाधिकारीको चयन हुने आशा व्यक्त गरे । आफू सहमतिको पक्षमा रहेको तर प्रतिष्पर्धा भएपनि पछि नहट्ने बताए ।

चीनमा स्वास्थ्योपचार गरी आफू स्वस्थ्य भई फर्किएको बताए । उनले उपचारमा साथ दिएकोमा चिनियाँ कम्युनिस्ट पार्टीलाई पनि धन्यवाद दिए ।

असोजमा उपचारका लागि बैंकक लगिएका पुनलाई केही महिनामै चीन लगिएको थियो । उनको साथमा पत्नी ओनसरी घर्ती पनि थिइन् ।

 



प्रतिक्रिया दिनुहोस्