Logo

माओवादी नेता वर्षमान पुनलाई खुमलटारमा यसरी गरियो स्वागत



काठमाडौं, माघ ११ । लामो समय विदेशमा जण्डिसको उपचार गरेर स्वदेश फर्किएका माओवादी नेता वर्षमान पुन ‘अनन्त’ दम्पती पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न खुमलटार पुगेका छन् ।

बैंकक तथा चीनमा सफल स्वास्थ्योपचार गरेर सोमबार स्वदेश फर्किएका नेता पुनलाई अध्यक्ष दाहालले खुमलटारमा भव्य स्वागत गरेका छन् ।

पत्नी ओनसरी घर्तीसहित प्रचण्ड निवास पुगेका पुनलाई दाहालले स्वागत तथा उनको पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् । नेता पुनलाई विमानस्थलमा स्वागत गर्न अर्का नेता नारायणकाजी श्रेष्ठ पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot