Logo

१६ लाख ६० हजार मात्रा मोडर्ना खोप नेपाल आईपुग्यो



काठमाडौ, माघ ११ । सोमबार थप १६ लाख ६० हजार कोरोनाविरुद्धको मोडर्ना खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले सोमबार साँझ १६ लाख ६० हजार मात्रा कोरोनाविरुद्धको मोडर्ना खोप नेपाल आएको जानकारी दिए। मोडर्ना खोप १८ वर्षमुनिका बालबालिकालाई लगाउन मिल्ने खोप हो ।

अमेरिकी खोप मोडर्ना कतार हुँदै नेपाल आएको हो । आपूर्ति शाखा प्रमुख डा चौरसियाले बाँकी २३ लाख ४० हजार मात्रा खोप मङ्गलबार बिहान आइपुग्ने जानकारी गराए । कोभ्याक्समार्फत विश्व बैङ्कको सहुलियतमा आउन लागेको ४० लाख मात्रा खोपमध्ये सोमबार १६ लाख ६० हजार मात्रा खोप आएको हो । यसअघि पनि ३८ लाख मोडर्ना खोप आइसकेको छ ।

यसअघि आएको खोप सरकारले हिमाली तथा पहाडी क्षेत्रका बालबालिकालाई लगाएको थियो । आपूर्ति शाखा प्रमुख डा। चौरसियाले सोमबार र मङ्गलबार आउने मोडर्ना खोप कसलाई लगाउने भन्ने निर्णय नभएको बताए । यसअघि आएको मोडर्ना खोप प्रदेश १ का ११, मधेसका पाँच, बागमतीका सात, गण्डकी, लुम्बिनी, कर्णालीका नौ र सुदूरपश्चिम प्रदेशका सात जिल्ला गरी ५७ जिल्लाका १८ वर्षमुनिका बालबालिकालाई लगाइएको थियो । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot