Logo

मुक्तिनाथ विकास बैंकको सर्वोत्कृष्ट बचत खाता



काठमाडौं, ११ माघ । मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता” संचालनमा ल्याएको छ । बैंकले मासिक ब्याज आर्जन हुने गरी “मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता” सञ्चालनमा ल्याएको हो ।

बैंकको अनुसार ग्राहकहरुले न्युनतम १० हजार रुपैयाँ मौज्दातमा मुक्तिनाथ बैंकको सर्वोत्कृष्ट बचत खाता खोल्न सकिने छ । यस बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर ७ दशमलव ३५ प्रतिशतको दरले मासिक ब्याज भुक्तानी प्रदान गर्ने जनाएको छ ।

यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरुलाई फाइदा पुग्ने बैंकले विश्वास लिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot