Logo

नेपाली सेनाको भर्ना छनोट स्थगित



काठमाडौं, ११ माघ । नेपाली सेनाले रिक्त दरबन्दी पदपुर्तिका लागि खुल्ला गरेको आवेदन केही समयको लागि स्थगित गरेको छ।

सेनाले रिक्त दरबन्दीमा यसअघि माग गरेको अधिकृत क्याडेटसहित विभिन्न पदको आवेदन कोरोना महामारीको कारण हाललाई स्थगित गरेको जनाएको छ ।

माघ ११ गतेदेखि सबैखाले छनोट परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको सेनाको छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्