Logo

आहा रारा गोल्डकपः अन्तिम क्वाटरफाइनलमा आज थ्री स्टार र आर्मी भिड्दै



काठमाडौं, ११ माघ । २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज (मंगलबार) एक खेल हुँदैछ ।

अन्तिम क्वाटरफाइनलमा आज थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

पोखरा रंगशालामा हुने खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

आज दुबै टिम जित निकालेर सेमिफाइनल पुग्ने चाहनाका साथ मैदान उत्रिनेछन् ।

सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार तथा उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot