Logo

आईपीएलमा थपियो ‘लखनउ सुपर जाइन्टस’



काठमाडौं, ११ माघ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा नयाँ टोली लखनउ थपिने भएको छ ।

नयाँ टोली लखनउले सोमबार आफ्नो फ्रेन्चाईज नाम सार्वजनिक गरेको हो ।

‘लखनउ सुपर जाइन्टस’ नाम राखिएको उक्त टोली सन्जिब गोयन्का ग्रुपको स्वामित्वमा रहेको छ ।

‘लखनउ सुपर जाइन्टस’ले आफ्नो कप्तान समेत सार्वजनिक गर्दै टोलीको नेतृत्व केएल राहुलले गर्ने जानकारी दिएको छ ।

नयाँ संस्करणको आईपीएल मार्च २७ बाट आयोजना हुने बताईएको छ ।

नयाँ संस्करणको आईपीएलमा १० टोलीको सहभागिता रहनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot