Logo

क्याट्रिनाले माल्दिभ्सबाट तस्बिर सेयर गरेपछि सामाजिक सञ्जालमा खैलाबैला



एजेन्सी, ११ माघ । बलिउड अभिनेत्री क्याट्रिना कैफले हालै सामाजिक सञ्जालमा मालदिभ्स बीचका केही तस्बिर सेयर गरेकी छन् । जसको क्याप्शनमा उनले लेखेकी छिन्,‘मेरो खुशीको ठाउँ ।’ कैफ हाल माल्दिभ्समा छिन् । तर, उनका पति विक्की कौशल हालै आफ्नो आगामी फिल्मको इन्दौर सुटिङ कार्यक्रम सकेर मुम्बई फर्किएका छन् ।

यसबारेमा फ्यानहरूले सामाजिक सञ्जालमा निकै खैलाबैला गरेका छन् । उनीहरुहरुले भर्खरै मात्र विवाह भएका जोडी छुट्टिएकोमा चिन्ता व्यक्त गरेका छन्, फ्यानहरुले प्रश्न गरेका छन् कट्रिना विक्की बिना किन माल्दिभ्स गइन् ? विवाहपछि कट्रिना विक्कीसँग हनिमुनमा माल्दिभ्स गएकी थिइन् ।

कतिपय प्रयोगकर्ताहरूले यी तस्बिरहरू दुवैको हनिमुनको भएको बताएका छन् । यसैबीच, रिपोर्टका अनुसार कट्रिना एक टिभी विज्ञापनको सुटिङका लागि माल्दिभ्स गएकी हुन् ।

उनले त्यहाँ एक ब्राण्डको पेय पदार्थको सुटिङ गर्नेछिन् । कट्रिना लामो समयदेखि यो ब्रान्डसँग आबद्ध छिन् । कट्रिना केही दिन त्यहाँ बसेर भारत फर्किने स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्