Logo

आहा रारा गोल्डकपः दर्शकलाई रंगशालामा प्रवेश दिइने



काठमाडौं, ११ माघ । २०औं संस्करणको आहा रारा गोल्डकपमा सेमिफाइनलबाट दर्शकलाई रंगशालामा प्रवेश गर्न दिइने भएको छ ।

आयोजक सहारा क्लब पोखराले दर्शकहरुको मागलाई मध्यनजर गर्दै रंगशाला प्रवेश गर्न दिइने जनाएको छ ।

आयोजकले दर्शकहरुलाई स्थानीय प्रशासनले लागु गरेको सम्पूर्ण स्वास्थ्यका मापदण्ड अपनाउँदै खेल हेर्न अनुमति दिइने जनाएको छ ।

आयोजकले खेल हेर्न ३ सयको टिकट दर राखेको छ ।

कोरोना भाइरसका कारण यस अघि प्रतियोगिता दर्शक विहीन संचालन भईरहेको थियो । तस्विरः सहारा क्लब



प्रतिक्रिया दिनुहोस्