Logo

उत्तर कोरियाद्वारा पुनः दुईवटा क्रुज मिसाइल परीक्षण



एजेन्सी, ११ माघ। उत्तर कोरियाले दुईवटा क्रुज मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले दाबी गरेको छ। उत्तर कोरियाले दुईवटा क्रुज मिसाइल परीक्षण गरेको दक्षिण कोरियाका एक अधिकारीले मंगलबार बताएका हुन् । सन् २०२२ मा प्योङयाङले गरेको यो पाँचौं चरणको क्षेप्यास्त्र परीक्षण हो ।

ती अधिकारीले दक्षिण कोरियाका समाचार संस्था योन्हापलाई भनेको विषयलाई उदृत गर्दै संचार माध्यमहरुले लेखेका छन्,’हामीले परीक्षणको विस्तृत विश्लेषण गर्नुपर्नेछ।’

उत्तरले दुईवटा ट्याक्टिकल गाइडेड क्षेप्यास्त्रहरू जनवरी १७ मा प्रहार गरेको थियो । रेलबाट दुई मिसाइल परीक्षण गरेको जम्मा तीन दिनपछि उसले यो क्षेप्यास्त्र परीक्षण गरेको हो । जनवरी ५ र ११ मा उत्तरले हाइपरसोनिक क्षेप्यास्त्रहरू पनि प्रहार गरेको दाबी गरेको थियो । तर, यसको आधिकारिकता पुष्टि भएको छैन ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्