Logo

मन्टुको हत्यामा संलग्न ५ जना पक्राउ



काठमाडौं, ११ माघ । जगरनाथपुर गाउँपालिकाका १२ वर्षीय बालकको हत्यामा सम्लग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जगरनाथपुर गाउँपालिकाका –६ बस्ने नागेसर प्रसाद कुर्मीको छोरा मन्टु प्रसाद कुर्मीको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा जगरनाथपुर गाउँपालिका–६ बस्ने ६४ वर्षीय गोवारी राउत अहिर, ५५ वर्षीय नग राउत अहिर, ३२ वर्षीय शत्रुधन प्रसाद यादव, ३० वर्षीय मनमोहन प्रसाद यादव र २५ वर्षीय रोहन प्रसाद यादव रहेका छन् ।

जगरनाथपुर गाउँपालिका–६ स्थित ऊखु खेतमा गत पुस २३ गते दिउँसो मन्टु प्रसादको हत्या भएको अवस्थामा शव फेला परेको घटनाको अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले छिपहरमाई गाउँपालिका–६ भिष्वास्थित नेपाल भारत सीमाबाट हत्यामा संलग्न उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्