Logo

किशोरीलाई जबरजस्ती गर्ने चौधरी पक्राउ



पाल्पा, ११ माघ । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका–६ बस्ने बर्दिया मधुवन नगरपालिका–३ घर भएका २१ वर्षीय सागर चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

सागरले ती किशोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बर्तुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्