काठमाडौं, ११ माघ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई बोनस सेयर वितरणको लागि कर बुझाउन आग्रह गरेको छ ।
संस्थाले २०७७ साल असोज २५ गते पश्चात सेयर खरिद गरी कायम भएका सेयरधनीहरूलाई संस्थाको यसै बर्षको कार्तिक २८ गते सम्पन्न १३औँ वार्षिक साधारण सभाबाट पारित भएको २५ प्रतिशतका दरले बोनस सेयर बापतमा लाग्ने कर रकम जम्मा गर्न आग्रह गरेको हो ।
सेयरधनीहरूले संस्थाको नाममा रहेको बैंक खातामा कर बापतको रकम जम्मा गरी आफ्नो बोनस शेयर प्राप्त गर्न सक्नेछन् । कर वापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नं।, नाम तथा सम्पर्क नम्बर समेत अनिवार्य उल्लेख गर्न संस्थाले आग्रह गरेको छ ।
त्यसैगरी, संस्थाले बुकक्लोजको समयमा शेयर रोक्का रहेका शेयरधनीहरूको बोनस शेयर फुकुवापत्र प्राप्त भएपश्चात् मात्र खातामा पठाइने समेत जनाएको छ । हालसम्म आफ्नो शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरूले आफ्नो शेयर अभौतिकीकरण गराएपछि मात्र बोनस प्राप्त गर्नेछन् ।




प्रतिक्रिया