महंगीबारे पत्रकारको प्रश्नमा जब बाइडेनले भने-‘स्टुपिड सन अफ बिच’(भिडियोसहित)


एजेन्सी, ११ माघ। अमेरिकी राष्ट्रपति जो बाइडेनले पत्रकार सम्मेलनमै पत्रकारलाई गाली गरेको खबर आएको छ । ह्वाइट हाउसमा भएको बैठकपछि पत्रकारसँग सवालजवाफका क्रममा बाइडेनले फक्स न्युजका पत्रकार पिटर डक्कीलाई हाँस्दै गाली गरेका हुन्।

अमेरिकामा बढेको महंगीबारे प्रश्न गरेपछि बाइडेनले ती पत्रकारलाई , ‘स्टुपिड सन अफ बिच’ भन्दै गाली गरेका हुन्। महंगीले आउँदो निर्वाचनमा डेमोक्रेटिक पार्टीलाई कति नोक्सान हुन्छ भनी प्रश्न सोधेका थिए। जवाफमा उनले मुद्रस्फितिबारे उल्लेख गर्दै पार्टीलाई फाइदा नै हुने भन्दै गाली गरेका हुन्। राष्ट्रपति बाइडेनलाई युक्रेनमा सेना पठाउन लागेको विषयमासमेत पत्रकारहरुले प्रश्न गरेका थिए। तर, उनले यसको जवाफ भने फर्काएनन्।-Photo: Agency