Logo

कर्मचारीमा कोरोना देखिएपछि जिप्रका बाँकेका अत्यावश्यक बाहेकका सेवा बन्द



राँझा, ११ माघ: कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेका अत्यावश्यक बाहेकका सेवा आजदेखि बन्द गरिएको छ । नियमित कार्य सम्पादनको क्रममा कार्यालयका केही कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएको र केही कर्मचारीलाई मिल्दोजुल्दो लक्षण देखा परेपछि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार, कार्यालयमा ३५ जना कर्मचारी छन् । तीमध्ये केहीमा सङ्क्रमण पुष्टि भएको छ । पन्ध्र कर्मचारीलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ । कार्यालयमा सेवाग्राहीको अत्याधिक भीडभाडसमेत भई कार्यालयबाटै कोभिड–१९ को सङ्क्रमण फैलिन सक्ने जोखिम भई सेवा प्रवाहमा कठिनाई भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गर्नुपरेको उनको भनाइ छ ।

जिप्रकाबाट प्रदान गरिने शान्ति सुरक्षा र मुद्दालगायतका अत्यावश्यक बाहेक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सङघ संस्था दर्ता–नवीकरण हातहतियार नवीकरणलगायतका सेवा हाललाई स्थगित गरिएको प्रजिअ खत्रीले जानकारी दिए ।-रासस



प्रतिक्रिया दिनुहोस्