Logo

प्रचण्ड पत्नी सीता दाहाल डिस्चार्ज



काठमाडौँ, ११ माघ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल डिस्चार्ज भएकी छिन्। उनी आज (मंगलबार) नेपाल मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएकी हुन्।

कोरोना संक्रमणका कारण स्वास्थ्यमा समस्या देखा परेपछि उनलाई गतशुक्रबार अस्पताल भर्ना गरिएको थियो। उनको नियमित स्वास्थ्यजाँचमा संलग्न चिकित्सक वरिष्ठ नशारोग विशेषज्ञ डा.बाबुराम पोखरेलको नेतृत्वको स्वास्थ्य टोलीले उनको उपचार गरेको हो।



प्रतिक्रिया दिनुहोस्