रुपन्देहीको घोडाहा जंगलमा महिला र बालिकाको शव फेला


बुटवल, ११ माघ । रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा दुईजनाको शव फेला परेको छ । जंगलमा आमा, छोरी जस्तो देखिने एक महिला र एक बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ ।

शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर हत्या गरेर फालिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । शबको पहिचान हुन नसकेको र घटनाको अनुसन्धान भइरहेको जनाईएको छ ।