Logo

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ



धनकुटा, ११ माघ। आफ्नै श्रीमती ५५ वर्षीया सिता श्रेष्ठको हत्या गरेको अभियोगमा धनकुटा नगरपालिका-४ छारागाँउ बस्ने ५५ बर्षीय सिताराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । गत पुस १६ गते बेलुका देखि सिता श्रेष्ठ र सिताराम श्रेष्ठ हराई बेपता भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले सितारामलाई आइतबार काठमाडौंबाट फेला पारी पक्राउ गरेको थियो ।

थप सोधपुछको क्रममा उनले श्रीमतीको हत्या गरी घरभित्र नै गाडेको भनी बयान दिएपछि उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले सिताको शव फेला परेको हो । उनी उपर कर्तब्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

सिरहा, आफ्नै छोरा ३० वर्षीय प्रमेश्वर सदायलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा सखुवानान्कारकट्टी गाउँपालिका-२ पट्ना बस्ने ६० वर्षीय सोनाई सदायलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । घरायसी वाद विवादको क्रममा सोनाईले आफ्नै छोरालाई बन्चरो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्