Logo

आहा रारा गोल्डकपः आर्मी सेमिफाइनल प्रवेश, थ्री स्टार बाहिरियो



काठमाडौं, ११ माघ । २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मी सेमिफाइनल प्रवेश गरेको हो ।

पोखरा रंगशालामा भएको खेलमा ६९औं मिनेटमा आर्मीका राजिब गुरुङले निर्णायक गोल गरे ।

थ्री स्टारका डिफेन्डरको गल्तिमा जर्ज प्रिन्स कार्कीको पासमा उनी गोल गर्न सफल भएका थिए ।

माघ १३ मा हुने दोस्रो सेमिफाइनलमा आर्मीले मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

भोली हुने पहिलो सेमिफाइनलमा एपीएफ र मछिन्द्र भिड्नेछ ।

प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार तथा उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । तस्विरः सहारा क्लब



प्रतिक्रिया दिनुहोस्