Logo

मौरिसससँगको टिकट दर एक हजार र ५०० ताेकियाे



काठमाडौं, ११ माघ : अखिल नेपाल फुटबल संघ (एन्फा) ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलको टिकट दर तोकेको छ ।

१५ र १८ माघमा हुने दुई मैत्रीपूर्ण खेलको भीआईपी तर्फ एक हजार र सामान्य तर्फ ५०० रुपैयाँकाे टिकट दर ताेकेकाे एन्फाले जनाएकाे छ ।

दुबै खेल दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम