Logo

आज संक्रमणबाट थप ८ जनाको मृत्यु



काठमाडौँ, ११ माघ । कोरोना संक्रमणबाट आज थप ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज नेपालमा कोरोनाका १२ हजार ८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख २७ हजार ८ सय ८० पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ३ हजार ४० जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख २७ हजार २ सय ७९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा २५ हजार ९०९ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्