एजेन्सी, ११ माघ । चीनको बढ्दो प्रभाव र आक्रामक उपस्थितिपछि विश्वका शक्तिशाली देशहरु एकजुट हुन लागेका छन् । चीनलाई चुनौती दिन विश्वका चार प्रमुख देशहरू अमेरिका, भारत, अस्ट्रेलिया र जापानले संयुक्त अभियान चलाउने भएका छन्। जापानको राजधानी टोक्योमा प्रस्तावित द क्वाडरिलेटरल सिक्योरिटी डायलग (क्वाड) शिखर सम्मेलनमा यी चार देशका नेताहरूले चीनमाथि मिलेर कडा रणनीति बनाएका छन् ।
जापानका प्रधानमन्त्री किशिदा फुमियोले यस वर्ष मईमा क्वाड शिखर सम्मेलन आयोजन हुने खुलाएका छन्। फुमियोले भने, ‘यस पालीको क्वाड सम्मेलनको बैठक अस्ट्रेलियामा हुन गईऱहेको आम चुनावपछि हुने सम्भावना छ। अस्ट्रेलियामा मई महिनाको तेस्रो सातामा आम चुनाव हुनेछ। यस्तोमा क्वाडको बैठक मईको अन्तिम सातामा हुने अनुमान छ।’
अधिकारीहरू अनुसार, सबैको निम्ति सुविधाजनक मितिहरूलाई अन्तिम रूप दिएपछि नै जापानद्वारा औपचारिक आमन्त्रण पठाइनेछ। यसअघि क्वाड देशहरूका विदेश मन्त्रीहरू र शेरपाहरूको एक बैठकमा पनि शिखर सम्मेलनको एजेन्डा तय गर्ने अनुमान व्यक्त गरिदैछ। यस बैठकमा अमेरिका, अस्ट्रेलिया र भारतका नेताहरूले भाग लिनेछन्।
बैठकमा आर्थिक सुरक्षाको साथ चीनको बढ्दो आधिपत्यलाई लिएर चर्चा हुने बताइएको छ। यस बाहेक स्वतन्त्र इण्डो-पेसिफिक, कोरोना र जलवायु परिवर्तनमाथि चर्चा हुने अनुमान छ। विगतको क्वाड शिखर सम्मेलन द्दद्ध सेप्टेम्बर द्दण्द्दज्ञ मा वाशिङ्गटनमा आयोजित गरिएको थियो। क्वाडमा चार देश अमेरिका, अस्ट्रेलिया, भारत र जापान सामेल छन्।




प्रतिक्रिया