Logo

सिटामोल खोज्न हिंडेका सहायक सिडिओ (फोटोफिचर)



काठमाडौं, ११ माघ । बजारमा सिटामोलको अभाव भएको गुनासाहरु आइरहेका छन् । यसबारे यथार्थ बुझ्दा औषधी विक्रेताहरुले नभएको बताए । कृत्तिम अभाव सृजना गरिएको र लुकाएको हो कि भनेर पनि खोजी गर्ने भन्दै आज काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक सिडिओ दिपक पौडेल नेतृत्वको एउटा टोली खटियो ।

टोलीले त्रीपुरेश्वरमा ३, बानेश्वरमा १ र भाटभटेनीमा पनि अनुगमन गर्यो । पौडेलका अनुसार सिटामोलको अभाव देखिएन । पसलहरुमा पर्याप्त रहेको पाइयो । तर, भाटभटेनीमा बच्चाको दुध खाने सामाग्रीमा भने प्रश्न उठ्यो ।

पौडेल नेतृत्वको टोलीले काठमाडौंमा चल्ने सार्वजनिक सवारी साधनको समेत अनुगमन गरेको छ । बसमा स्वास्थ्य मापदण्ड पूरा गरिएको या नगरिएको अनुगमन गरेका थिए ।

 

तस्बिरहरुः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्