Logo

‘नागिन’मा जोडिँदै ‘कोमोलिका’



काठमाडौं, ११ माघ : भारतीय टेलिभिजनको लोकप्रिय खलनायिकाहरुमा चर्चित ‘कोमोलिका’ अर्थात् उर्वशी ढोलकिया टेलिभिजनमा पुनः फर्किने भएकी छन् । यी अभिनेत्री अब दर्शकमाझ नागिनको रुपमा देखिँदैछिन् ।

समाचारअनुसार उर्वशी ‘नागिन ६’मा देखिनेछिन् । उर्वशी करिब चार वर्षपछि फिक्शन शोमा देखिन लागेकी हुन् । यसअघि उनी एकता कपूरको सिरियल ‘चन्द्रकान्ता’मा देखिएकी थिइन् । उर्वशी ‘नागिन ६’मा नागिन या कुनै जीव या मान्छे नै हुनेछिन् भन्नेबारे केही खुलाइएको छैन ।

त्यसो त उर्वशी अघि ‘नागिन ६’मा माहिरा शर्मा, रुबीना दिलैक, महक चहल, रिद्धिमा पण्डित जस्ता कैयौं टेलिभिजन अभिनेत्रीको नाम आएको थियो । तर ‘नागिन ६’मा को नागिन बन्दै छ भन्ने आधिकारिक घोषणा भने गरिएको छैन । न्युज कारखाना



प्रतिक्रिया दिनुहोस्