Logo

भारतका प्रमुख चूनौतिहरू



विपिन देव: २६ जनवरीमा राज्यको विभिन्न अङ्गहरूको समिक्षा र व्याख्या गर्ने परम्परा खास गरेर गणतन्त्र दिवसको आलोकमा गर्ने चलन भारतमा चलिआएको छ । राज्यको विभिन्न सफलताको सूचांकमा परराष्ट्रनीतिको सफलता पनि प्रमुख सूचक हो । भारतका परराष्ट्रनीतिको स्वरुप र लक्ष्यको वारेमा भारतका परराष्ट्र मन्त्री डा. एस जयशंकरले “द इण्डिया वे” नामक पुस्तकको माध्यमवाट व्याख्या गरेका छन् । भारतको परराष्ट्र नीतिको प्रमुख चूनौती मध्ये कोरनाको कहर पश्चात निर्माण भएको राजनीति र कूटनीतिलाई सम्वोधन गर्नु हो । कोरनाको पहिलो वेभमा भारतले विश्वको १५० मुलुकहरूमा औषधी लगायत उपकरण निर्यात गरेर मानव सम्वेदना प्रति आफ्नो सहानुभूति प्रकट गरेको थियो तर दोश्रो लहरमा भारत आपैm कोरनाको करहमा प्रभावित भयो । सफल कूटनीतिले गर्दा दोश्रो लहरमा भारतले प्रयाप्त मात्रामा सहयोग र सहानुभूति प्राप्त भयो । वर्तमान परिवेशमा भ्याकसिन मैत्री कूटनीति अन्र्तगत भारतले एक अर्ब खोप सहयोग र अनुदान स्वरुप विश्वको कुना-कुनामा पु¥याएर आफ्नो पहिचान र सहानुभूति प्रकट गरेको छ । संसारको सबभन्दा बढी उत्पादन भ्याक्सीन उत्पादन गर्ने क्षमता भएको कारणले गर्दा कोरनाको कहरमा भारतले कूटनीतिको संयन्त्रलाई अधिक उपयोग गर्दै मानविय संसाधन समेत परिचालित गरिएको छ । भारतीय परराष्ट्रनीतिको दोश्रो चूनौती अफगानीस्तान नीति हो । विगत विस वर्षदेखि भारतले अफगानिस्तानको पुनः र्निमाणमा ३ अर्ब अमेरिकी डलर खर्च गरेर अफगानीस्तानको ३२ वटा प्रान्तहरूमा आप्mनो योजनाहरू सञ्चालन गर्दे आइरहेको छ ।

एकातर्फ तालीवानको वर्चश्व हुनु, पाकिस्तानको नृत्य सफल हुनु, अमेरिकी सेना पछाडि हट्नु जस्ता परिघटनाले भारतीय कूटनीति माथि केही गम्भीर चूनौतीहरू थपिएको छ । अफगानीस्तानमा आतंकवादीको कारखाना हुन वित्तिकै त्यसको पराकम्पन काश्मिर लगायत भारतको विभिनन भागमा घट्न सक्ने जानकारहरूको आकलन रहेको छ । तदनुरुप भारतले अफगानीस्तानको मामिलामा इरान लगायत सेन्ट्रल एसियाका मुलुकहरू काजीगस्तान, क्रिगस्तान, उजवेगीस्तान, टुर्कीस्तान र ताजीगस्तानसंग सहकार्य गर्नु जरुरी देखिन्छ । भारतका सुरक्षा सल्लाहकार अजीत डोभालको निमन्त्रणामा यी पॉचै सेन्ट्रल एसियाका सुरक्षा सल्लाहकारहरू अफगानिस्तानको लागि साझा नीति बनाउन दिल्लीमा सहभागी भइसकेको छ भने भारतीय परराष्ट्र मन्त्रीको निमन्त्रणालाई स्वीकार गरेर यी पॉचै सेन्ट्रल एसीयाको मुलुकहरूको परराष्ट्र मन्त्री दिल्ली आइसकेको छ । २५ जनवरी मोदीले सबै सेन्ट्रल एसियाली राजप्रमुखलाई निमन्त्रणा गरेता पनि कोरनाको कहरले गर्दा भौतिक सहभागीताको विकल्पमा २७ जनवरीमा विद्युतिय माधयमबाट शिखर सम्मेलन गर्ने निधो भएको छ । भनाईको अर्थ अफगानीस्तानको मामिला भारतले रसिया लगायत इस्लामिक मुलुकहरू समेत सहकार्य गर्नु पर्ने आवश्यक्ता देखिन्छ । अफगानीस्तान पछि भारतीय कूटनीतिको अर्को चूनौती चीनसंगको सम्वन्ध हो । मोदी र सी सबभन्दा अधिक संवाद गर्ने नेता भएता पनि डोकलमदेखि गलवानसम्मको घटनाले चीन र भारतको चिसिएको सम्वन्धलाई उद्घाटित गर्दछ । चीनको अर्थतन्त्रको आकार, चीनिया कम्युनिष्ट पार्टीको महत्वांकाक्षा, पाकिस्तानसंगको सामिप्यता जस्ता कारणहरूले गर्दा भारत र चीनको सम्वन्ध दिन प्रति दिन कटुतामा बढोत्तरी भइरहेको छ । चीनको नीतिमा भारतले एक गुरु योजनाका साथ अगाडि बढिरहेको देखिन्छ ।

चीनको सम्वन्ध आसियानका मुलुकहरूसंग लगायत जापान र अमेरिकासंग चिसिएको कारणले. गर्दा भारतले गठवन्धन र सम्मीकरणको माध्यमवाट चीनलाई दवावमा राखेको देखिन्छ । भारतसंग दलाई लामाको सदभाव हुनु, इण्डोप्यासिफिक क्षेत्रमा पकड हुनु र चीनको उर्जा निर्यात मुख्य नाका मालाका स्टेटमा भारतीय सेना अधिक पकड हुनु जस्ता कारणले गर्दा भारत चीनसंग आखॉमा आखॉ जुधाएको देखिन्छ । एक तर्फ वोर्डरमा तनाव हुनु र अर्को तर्फ व्यापार १०० विलियन अमेरिकी डलर भन्दा बढि हुनु जस्ता घटना चीन र भारतको विरोधाभाष सम्वन्ध मुखरित हुन्छ । अर्को शब्दमा भन्ने हो भने भारतको बजारले गर्दा चीनले आप्mनो नीतिमा लचकिलो पन ल्याउने सर्वेक्षणले इंकित गरेको छ । खुमचिएर गइरहेको युरोपेली बजार र विस्थापित पू‘जीले गर्दा भारतीय बजारको विकल्प संसारमा अरु ठाउ‘ नरहेको चीनिया लगानी कर्ताको आकलन रहेको छ ।

चीन पछि भारतीय परराष्ट्रनीतिको चूनौती क्वाडमा आप्mनो सक्रियता बढाउनु हो । क्वाड भन्नाले अमेरिका, जापान, अष्ट्रेलिया र भारतको साझा मञ्च हो । कर्वाड मुलुकहरूको सहयोगले नै गर्दा भारतको खोप उत्पादन क्षमता वृद्धि भएको हो भने क्वार्डको सक्रियता नै हिन्दमहासागरीय क्षेत्रमा कानुनी राज्य र खुला व्यापारिक मार्गको वातावरण हालसम्म सम्भव भएको छ । भारतले क्वार्डको छातामुनि प्रविधि र पू‘जीलाई प्रचूर मात्रामा आर्कसित गरेको देखिन्छ भने अर्को तर्फ भारतले “अक्स”को निर्माणमा आफ्नो प्रतिक्रिया देखाएको छैन । अक्स भन्नाले अष्टेलिया, व्रिटेन र अमेरिकाको गठवन्धन हो । उक्त सम्झौता अनुसार अष्ट्रेलीयालाई न्यूकिलियर समरीन दिने सन्धि भएको छ । न्यूजील्याण्ड र फ्रान्सले उक्र सम्झौतालाई विरोध गरेको छ । तर भारतले यसलाई अवसरको रुपमा प्रयोग गर्दै प्रविधि हस्तान्तरणको लागि फ्रान्ससँगको सहकार्यमा जोड दिएको छ । अर्को तर्फ एउटा नयॉ क्वाडको पनि गठन भएको छ ।

नयॉ क्वाडको सहभागीहरू मध्ये इजरायल, यु.एई भारत र अमेरिका पर्दछ । भारतको सम्वन्ध एउटा समन्वयकर्ताको रुपमा रहेको जानकारहरूको दावी छ । वर्तमान हतियार र पू‘जीको होडवाजीमा इजरायल (यहुदी)को भूमिकालाई नजरअन्दाज गर्ने तागत संसारको कुनै पनि मुलुकमा छैन । यहुदीहरूको मानसपटलमा सबभन्दा अधिक प्रेम र सद्भाव हिन्दुहरू प्रति नै हुने गर्दछ । भारतले हरेक युद्धमा इजरायलको प्रविधि र सहयोगलाई प्रयोग गरेको इतिहास छ । यस अर्थमा इजरायलको प्रविधि र यु.एई.को पू‘जीलाई प्रयोग प्रचूर मात्रामा गरेको खण्डमा भारतको निवेष र कारोवार बढ्ने जानकारहरूको दावी रहेको छ । भारतीय परराष्ट्र नीतिको अर्को महत्वपूर्ण चूनौती दक्षिण एसिया सम्वन्धी पनि हो । आवश्यक कानुन र सम्झौताको माधयमवाट दक्षिण एसियामा कनेकटीभिटीमा भारतले अधिक जोड दिनु पर्दछ । भारत दक्षिण एसियाको ट्रानजिट प्वाइन्ट नहुनजेलसम्म दक्षिण एसियाको कुनै पनि मुलुकहरूले विकास र प्रगतिको वाटोमा जान सक्दैन । भारत आर्थिक महाशक्ति हुन छिमेक नीतिमा व्यापक परिर्वतन गर्नु पर्नेछ । तदनुरुप श्रीलङ्कालाई भर्खरै आर्थिक अनुदान दिएर भारतले छिमेक नीतिको एउटा उदाहरण पेश गरेको देखिन्छ । पाकिस्तान र श्रीलङ्का चीनिया ऋणले गर्दा घारासाहीको निकट पुगेको अवस्थामा पुगेको अवस्थामा छ । यस अर्थमा भारतले दक्षिण एसियाको लागि गुरुयोजनाका साथ अगाडि बढ्नु पर्ने टड्कारो आवश्यकता देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्