Logo

नेदरल्यान्ड्सविरुद्धको एकदिवसीय सिरिजमा अफगानिस्तानको शानदार जित



काठमाडौं, १२ माघ । नेदरल्यान्ड्सविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा अफगानिस्तानले शानदार जित निकालेको हो ।

मंगलबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा ७५ रनको जित निकाल्दै अफगानिस्तानले सिरिज ३–० ले जितेको हो ।

अफगानिस्तानले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४२ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७९ रन मात्र बनाउन सक्यो ।

नेदरल्यान्ड्सका कोलिन एकरम्यानले ८१ रनको योगदान गरेपनि टोलीको हारबाट जोगाउन सकेनन् ।

अफगानिस्तानका क्विस अहमदले सर्वाधिक ३ तथा राशिद खानले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ५४ रन जोडेको थियो ।

अफगानिस्तानका नाजिबउल्लाह जाड्रनले सर्वाधिक ७१ रन जोडे । रियाज हसनले ५० रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान हस्मादउल्लाह शाहिदीले २८ रन बनाए ।

नेदरल्यान्ड्सका ब्राण्डन ग्लोभर, भीभीयान किङ्मा, फ्लोयड, साकीब र आर्यन दतले समान १–१ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्