Logo

२० लाख जनसंख्या काठमाडौंमा मात्रै, सबैभन्दा कम कहाँ ?



काठमाडौं, १२ माघ । केन्द्रिय तथ्यांक विभागको २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांक अनुसार काठमाडौंमा सबैभन्दा बढी २० लाख बढी जनसंख्याको बसोबास रहेको पाइएको छ । काठमाडौंमा मात्रै २० लाख १७ हजार जनसंख्या बसोबास गर्दै आएको विभागले जनाएको छ ।

यसैगरी, नेपालको हिमाली जिल्ला मनाङमा सबैभन्दा कम जनसंख्या बस्ने गरेको पाइएको छ । मनाङमा जम्मा ५ हजार ६४५ जना मात्र बसोबास गर्दै आएको विभागले जनाएको छ । यो वर्षको जनगणनाले हिमाली जिल्लामा तुलनात्मकरुपमा कम र तराईका जिल्लामा बढी मानिस बसोबास गर्ने गरेको पाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot