Logo

आहा रारा गोल्डकपः पहिलो सेमिफाइनलमा मछिन्द्र र एपीएफ भिड्दै



काठमाडौं, १२ माघ । २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा पहिलो सेमिफाइल अन्तरगत आज (बुधबार) एक खेल हुँदैछ ।

पहिलो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पोखरा रंगशालामा हुने खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

उपाधी दाबेदार दुबै टिम आज फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रिनेछन् ।

दोस्रो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको प्रतिस्पर्धा हुनेछ ।

१० टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार तथा उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ ।



प्रतिक्रिया दिनुहोस्