Logo

लिपुलेक, लिम्पियाधुराको जनसंख्या पनि जनगणनामा समेटियो



काठमाडौं, १२ माघ । केन्द्रीय तथ्यांक विभागले यो वर्षको जनगणनाबाट नेपालको प्रतिवर्ग किलोमिटर जनघनत्व १९८ जना रहेको जनाएको छ । वि.स. २०६८ सालको जनगणनाले नेपालको प्रतिवर्ग किलोमिटर जनघनत्व १८० जना रहेकोमा यस वर्ष भने बृद्धि भएको हो ।

विभागको अनुसार नेपालको जनगणना २०७८ मा लिपुलेक–लिम्पियाधुराको जनसंख्या पनि समेटिएको छ । विभागको अनुसार प्रत्यक्ष रूपमा गणकहरू लिपुलेक, लिम्पियाधुरामा पुग्न नसके पनि अप्रत्यक्ष विधि प्रयोग गरेर जनगणना गरिएको हो ।

आज विभागले सार्वजनिक गरेको २०७८ को जनगणनाको प्रारम्भिक नतिजामा नेपालको पछिल्लो जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ। यो २०६८ सालको जनसंख्या भन्दा २७ लाखले बढी हो।

नेपालको जनसंख्या वृद्धिदर पनि यो वर्ष न्युन रहेको छ । नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको विभागको प्रारम्भिक परिणाममा देखिएको छ।

नेपालमा अहिले पुरूषको जनसंख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेको छ । त्यस्तै, महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ रहेको विभागले जनाएको छ।

 

Photo-Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्