काठमाडौं, १२ माघ । मेडिकल कलेजका विद्यार्थीहरुमाथी भएको ज्यादती विरुद्ध आन्दोलनरत संयुक्त विद्यार्थी संगठन र काठमाडौं विश्वविद्यालयबिच सहमति भएपछि विद्यार्थी संगठनको आन्दोलन स्थगित भएको छ ।
पौष १० गते भएको सहमतिअनुरुप काठमाडौं विश्वविद्यालय डिनको कार्यालय र रजिष्ट्रार कार्यालयबाट अतिरिक्त शुल्क ‘सम्बन्धित बिद्यार्थी’ कै नाममा फिर्ता गर्ने, छात्रावासलाई स्वेच्छिक गर्ने तथा होस्टल शुल्क र अतिरिक्त शुल्क नबुझाए बापत पठन–पाठन लगायत सुबिधाबाट वंचित रहँदै आएका विद्यार्थीहरुलाई निःशर्त कक्षामा सामेल गराउने निर्णय भएपछि नेपाल विद्यार्थी संघ लगाएत संयुक्त विद्यार्थी संगठनकोतर्फबाट घोषणा गरिएका आन्दोलनका कार्यक्रम स्थगित भएको ने.बि.संघका महामन्त्री बलदेव तिमल्सिनाले बताए ।
हाललाइ विद्यार्थी संगठनसंग भएका निर्णय र सहमति कार्यान्वयनमा लाग्ने र नभएको अवस्थामा पुनः सशक्त आन्दोलन अगाडि बढाउने निर्णयसहित आन्दोलनमा अनवरत रुपमा सहभागी सम्पूर्ण चिकित्सा शिक्षा अध्यनरत विद्यार्थी, अभिभावक,मीडिया जगत र प्रत्यक्षरुपमा आन्दोलनको मैदानमा रहेका विद्यार्थी नेता्कार्यकर्ताहरुलाई संयुक्त विद्यार्थी संगठनकोतर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दै घाइते विद्यार्थीहरुको शिघ्र स्वास्थ्यलाभ र देशभरबाट गिरफ्तार विद्यार्थी नेताहरुको तत्काल रिहाइको माग गरिएको पनि संघका महामन्त्री तिमल्सिनाले बताए ।




प्रतिक्रिया