Logo

सांसद राजकाजी महर्जनले निर्वाचन अधिकृतको कठालो समाएपछि…



हेटौंडा, १२ माघ । ललितपुर क्षेत्र नं ३ का प्रदेश सांसद राजकाजी महर्जन विवादमा तानिएका छन् । उनले आज हेटौंडामा राष्ट्रिय सभाको मतदानस्थलमा निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठको कठालो समाएका छन् ।

श्रेष्ठको कठालो समाएपछि मतदानस्थलमा तनाव भएको छ । गोप्य मतदानमा माओवादी केन्द्रकी सांसद हिमाली गोलेले फोटो खिचिन् । त्यसपछि मतदान अधिकृत श्रेष्ठले उनको मोबाइल खोसेका थिए ।

सांसदको मोबाइल खोसेको भन्दै ललितपुरका सांसद राजकाजी महर्जनले श्रेष्ठको कठालो समातेका थिए ।

महर्जन पहिलो संविधानसभामा ललितपुर २ बाट निर्वाचित सांसद हुन् । उनी पछि मोहन वैद्य किरणसँग लागेका थिए । माओवादीमा फर्किएपछि उनी प्रदेशको सांसदमा निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्