Logo

राष्ट्रियसभाको निर्वाचनको सबै सिटमा गठबन्धन विजय हुनेछ : माधव नेपाल



काठमाडौं, १२ माघ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आज भैरहेको राष्ट्रियसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनले सबै सिटमा जित हाँसिल गर्ने विश्वास लिएका छन् । पार्टी कार्यालयमा आज (बुधबार) आयोजिक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले भने,‘राष्ट्रियसभामा अहिले उठाईएका जम्मै ठाउँमा हामी जित्छौं । विजयी हुनेछौं । त्यो परीणामले पनि एउटा तरंग पैदा गर्नेछ । तपाईँहरु सुनिरहनुभएको छ, स्थानीय तहको निर्वाचन कहिले गर्ने, संघीय चुनाव कहिले गर्ने, यसबारेमा व्यापक छलफल भएको छ । यो बहस सन्दर्भमा हाम्रो धारणा भनेको संविधानलाई सर्वोपरि राखेर, कानूनअनुरुप नै चुनाव सम्पन्न हुनुपर्छ ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्