Logo

कर्णालीमा १४१ फरार प्रतिवादी पक्राउ



कर्णाली, १२ माघ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा कर्णाली प्रदेशमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १४१ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका १४१ प्रतिवादीबाट ७३ वर्ष ९ महिना २८ दिन कैद भुक्तान गर्नुपर्ने प्रहरी वरिष्ठ उपरीक्षक खड्काले जानकारी दिनुभयो । उनीहरुबाट रु १६ लाख १० हजार ८९० जरिवाना सङ्कलन गरिएको पनि उनले बताए ।

यसैगरी सो अवधिमा २२ हजार १९८ लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको, ११ स्थानबाट अवैध जुवातास खेल्ने ८४ व्यक्तिलाई पक्राउ गरी कारबाही गरिएको प्रहरीले जनाएकोे छ । त्यस्तै चालु आर्थिक वर्षको पहिलो छ

महिनामा २४ नाल अवैध हातहतियारसहित १५ र लागूऔषध दुव्र्यसनी तथा अवैध कारोबार गर्ने ९० जनालाई पक्राउ गरी उनीहरुबाट ५९ ग्राम ३३३ मिलिग्राम ब्राउन सुगर, एक किलो २१३ ग्राम चरेस बरामद गरिएको छ । नदीजन्य तथा खानीजन्य प्राकृतिक स्रोतको गैरकानुनी उत्खनन तथा ओसारपसार गर्ने ५८ सवारी साधन र ५१ जनालाई नियन्त्रणमा लिई उनीहरुबाट कारबाहीस्वरुप रु दुई लाख ४० हजार ५७० राजस्व सङ्कलन गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

कार्यालयका अनुसारसो अवधिमा अवैध वन्यजन्तु तथा वन पैदावार चोरी–निकासीका क्रममा बरामद भएका २७३।६९ क्युफिट ओखेटोपहार, पाँच किलो ३०० ग्राम यार्सागुम्बा, चार÷चार थान रेडपान्डाको छाला र कस्तुरीको बिना, एक थान सालकको खप्पर र सो कार्यमा संलग्न रहेको आरोपमा १८ जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार कार्यसम्पादनका आधारमा ३४८ लाई पुरस्कृत र १५८ जनालाई सजाय गरिएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न जिल्लामा लागूऔषध, घरेलु हिंसा न्यूनीकरणका लागि सञ्चालन भएका तीन हजार ५७९ वटा जनचेतनामूलक कार्यक्रमबाट तीन लाख ४९ हजार ३७९ नागरिक लाभान्वित भएका छन् । सो अवधिमा २४५ थान सिसी टिभी जडान गरिएको बताउँदै प्रवक्ता खड्काले बर्ताए ।



प्रतिक्रिया दिनुहोस्