Logo

दबाबमा पारी आफ्नै घरमा पटक–पटक बलात्कार



पर्सा, १२ माघ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवकलाई प्रहरीले पक्राउ गरेको छ । वीरगंज महनागरपालिका–२३ सबैठवा बस्ने २० वर्षीय भनु यादव भन्ने मुन्ना प्रसाद यादव सोमबार सोमबार पक्राउ परेका हुन् ।

यादवले ती किशोरीलाई डरत्रास देखाई अनुचित प्रभाव र दबाबमा पारी आफ्नै घरमा लगि पटक–पटक जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीहरु माथि जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत पर्साबाट ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्