Logo

जनमत पार्टीका कार्यकर्ताद्धारा चिकित्सकमाथि आक्रमण



काठमाडौं, १२ माघ । सीके राउत नेतृत्वका कार्यकर्ताहरु जनकपुरमा सरकारी गाडीहरु तोडफोडमा उत्रेका छन् । आक्रोसित भएका कार्यकर्ताले चिकित्सकदेखि जनप्रतिनिधिसम्मलाई आक्रमण गरेका हुन् ।

बुधबार प्रदर्शनकारीले जलेश्वर अस्पतालका निमित्त प्रमुख डा.सतिष साहमाथि आक्रमण गरेका छन् । प्रदर्शनकारीको आक्रमणबाट घाइते डा.साहको मुखमा ९ वटा टाँका लगाइएको छ । डा.साह चढ्ने प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडीमा आन्दोलनकारीले आक्रमण गरेका थिए ।

देशभर जारी राष्ट्रियसभा निर्वाचनमा अवरोध गर्ने उद्देश्यले उक्त पार्टीका कार्यकर्ताले मतदानका लागि आउँदै गरेका जनप्रतिनिधि सवार ८ वटा सरकारी गाडी तोडफोड गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot