Logo

१ अर्ब २६ करोड जरिवाना घटाएर १८ लाखमा सिमित पार्ने खानीका हाकिमविरुद्ध अख्तियारको मुद्दा



काठमाडौं, १२ माघ । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा विशेष अदलतमा आरोपपत्र दर्ता गरेको छ । अख्तियारका अनुसार घिमिरे उपमहानिर्देशक हुँदा उनी नेतृत्वको समिटिले विभिन्न ९ वटा सिमेन्ट उद्दोगहरुले खानी दोहन गरी उत्खनन अनुमतिपत्रमा तोकिएको निर्धारित परिमाण भन्दा बढी चुनढुंगा निकालेको प्रतिवेदनसहित क्षतिपूर्ति उठाउनुपर्ने गरी कारबाहीको सिफारिश गरेर पछि न्यून जरिवाना गराई राज्यलाई एक अर्ब २६ करोड रुपैयाँ भन्दा बढी नोक्शान पुर्याइएको पाइएको छ ।

अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले घिमिरे नेतृत्वको समितिले ३१ असार २०७६ मा पेश गरेको प्रतिवेदनमा १ अर्ब २६ करोड १९ लाख ४८ हजार क्षतिपूर्ति उठाउनुपर्ने गरी कारबाहीको सिपाmरिश गरेकोमा नलिई १५ जेठ २०७७ मा जयराज घिमिरेको संयोजकत्वमा गठित समितिको प्रतिवेदन बमोजिम जम्मा १८ लाख मात्र जरिवाना लिएर राज्यलाई अरबौंको राजस्व घाटा गराई भ्रष्टाचार गरेको खुलेको छ ।

बढी चुनढुंगा उत्पादन गर्ने सर्वोत्तम सिमेन्ट, सिद्धार्थ मिनरल्स प्रा.लि., मारुती सिमेन्टस्, अन्नपूर्ण क्वाडरि, डोलोमाइट चुनढुंगा समेत ९ वटा कम्पनीबाट जरिवानानभराई राज्यलाई १ अर्ब २४ करोड ४५ लाख २६ हजार ६ सय ४३ हानी नोक्सानी पुर्याइएको उल्लेख छ ।

अख्तियारले मुद्दा दायर गरेकाहरुमा भूगर्भ विभागका इन्जिनियर जयराज घिमिरे र उपसचिव सपना अधिकारी, उपन्यायाधिवक्ता चन्द्रकु्मार पोखरेल, इन्जिनियर प्रशान्त बोहरा, धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत वसन्त अधिकारी र जियोलोजिष्ट डा. सौनक भण्डारी छन् ।



प्रतिक्रिया दिनुहोस्