Logo

लुम्बिनीबाट एकीकृत समाजवादीकी गैरे निर्वाचित



बुटवल, १२ माघ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे निर्वाचित भएकी छन् ।
प्रदेशसभाको ४५ र स्थानीय तहको प्रमुख र उपप्रमुख गरी १२३ जनप्रतिनिधिको मत पाएर गैरे निर्वाचित भएकी हुन् ।

उनकी प्रतिस्पर्धी नेकपा एमालेकी भारती खनाल उपाध्यायले प्रदेशसभाको ३६ र स्थानीय तहका ८८ जनप्रतिनिधिको मत प्राप्त गरेकी हुन् ।
लुम्बिनीमा अन्य र दलित सदस्य चयनका लागि पनि मतदान भएको थियो । जसको मतगणना चलिरहेको निर्वाचन कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्