Logo

प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच भोलि ४ बजे भेटवार्ता



काठमाडौं, १२ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनलाई लिएर निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार यसको लागि प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीलाई भोलि अपरान्ह ४ बजे बालुवाटार बोलाएका छन् ।

पछिल्लो समय स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न आयोगले मागिरहेको छ । तर, प्रधानमन्त्री देउवा भने गठबन्धन दलहरुको दबाबका कारण बैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने मुडमा पुगेका छन् । उनले सुरुमा संघीय संसद्को निर्वाचन गराउन चाहेको कुरा बाहिर आएको छ ।

खासगरी, गठबन्धनमा आवद्ध दल माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का अध्यक्षहरु पुष्पकमल दाहाल र माधव कुमार नेपालले तत्काल स्थानीय तहको निर्वाचन नगर्न प्रधानमन्त्री देउवालाई दबाब दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्